May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

‘रनवे ड्रिम्स २०२२’को विजेता भए रिसम र स्नेहा

रिसम मितल र स्नेहा ढकालले ‘रनवे ड्रिम्स २०२२’ (सिजन २) को उपाधि जितेका छन् । स्नेहाले ८ प्रतियोगिलाई पछिपार्दै युततीतर्फ र रिसम १० प्रतियोगिलाई पछिपार्दै युवकतर्फको शिर्ष उपाधि जितेका हुन् । विजेताले ७० हजार नगदसहित विभिन्न उपहार प्राप्त गरे ।

‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’को आयोजनामा आयोजित प्रतियोगितामा युवतीतर्फ अनुषा कुवँर क्षेत्री फष्टरनरअप र अनु मानन्धर सेकेन्ड रनरअफ चुनिए । युवकतर्फ ओम जोशी फष्टरनर अप र समर पुरी सेकेन्ड रनरअप विजेता बनेको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतियोगितामा अभिनेता रमेश उप्रेती, पहिलो मिस युनिभर्स नग्मा श्रेष्ठ,  फेसन डिजाइनर मञ्जु ढकाल, उपसना श्रेष्ठ, निकिता थापालगायत निर्णायक थिए ।

Advertisement