अष्ट्रेलियामा सन् २०५० सम्ममा १५ लाख मानिस पर्नेछन् खतरामा

अस्ट्रेलियाको जलवायु प्रतिवेदनले सन् २०५० सम्ममा तटीय क्षेत्रहरूमा बसोबास गर्ने १५ लाख अस्ट्रेलियालीहरू समुद्री सतह बढ्दै जाँदा जोखिममा पर्ने चेतावनी दिएको छ ।
अस्ट्रेलियाको पहिलो राष्ट्रिय जलवायु जोखिम मूल्यांकनले बाढी, चक्रवात, गर्मी, खडेरी र डढेलोजस्ता जलवायु प्रकोपहरू बारम्बार र गम्भीर हुने अनुमान गरेको छ ।
“अस्ट्रेलियालीहरूले अहिले नै जलवायु परिवर्तनको परिणाम भोगिरहेका छन्,” जलवायु परिवर्तन मन्त्री क्रिस बोवेनले भने, “हामीले अहिले तापक्रम वृद्धिलाई जति कम गर्न सक्छौँ, त्यति नै हामी भावी पुस्तालाई यसको सबैभन्दा खराब प्रभावबाट जोगाउन सक्छौँ ।”
भावी पुस्तालाई जलवायु परिवर्तनको प्रकोपबाट जोगाउन अहिले नै धेरै काम गर्न सकिने भए पनि त्यसो हुन नसकेको उनले बताएका छन् । बीबीसी
प्रतिकृया दिनुहोस्