June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

घूससहित कोटहीमाईका इन्जिनियर अख्तियारको नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा एक इन्जिनियर घूस रकमसहित अख्तियारको नियन्त्रणमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले इन्जिनियर अरविन्दकुमार यादवलाई घूस रकमसहित नियन्त्रणमा लिएको हो ।

जिल्लाको कोटहीमाई गाउँपालिकामा कार्यरत इन्जिनियर यादवलाई ४५ हजार रूपैयाँ घूससहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकृत भेषराज रिजालले बताए । यादवलाई पालिकाको कार्यालयबाटै पक्राउ गरिएको उनले जनाए ।

यादवले निर्माण कार्यको भुक्तानी दिलाउने क्रममा घूस मागेको र उक्त रकम लिँदालिँदै नियन्त्रणमा लिइएको अख्तियारको भनाइ छ ।

Advertisement