ट्याक्टर र अटो ठोक्किँदा दाङमा एकजनाको मृत्यु, दुई घाइते


दाङ– ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा दाङमा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । दाङको घोराही उपमहानगरपालिका–७ स्थित बेसाहीमा बुधबार राति दुर्घटना भएको हो ।
सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा अटोमा सवार तीन जना घाइतेमध्ये अटो चालक घोराही उपमहानगरपालिकाप–५ बसन्तपुरका ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा बिहीबार बिहान बाँकेको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य दुई जना घाइतेको अवस्था मध्यम रहेको छ । ट्याक्टर र ट्याक्टर चालक घोराही उपमहानगरपालिका–१७, भैसाहीका २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिकृया दिनुहोस्