मुद्दा मिलाइदिने भन्दै रकम असुली गर्ने पक्राउ


नेपालगन्ज–प्रहरी अनुसन्धानमा रहेका मुद्दाहरू मिलाइदिने भन्दै रकम असुली गर्ने एक जनालाई बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कोहलपुर नगरपालिका–१२, चप्परगौडी निवासी करिब ४० वर्षीय काशीराम थारूलाई मुद्दा मिलाइदिने बहानामा रकम असुल गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीले विभिन्न मिति र समयमा विभिन्न कसूरमा संलग्न व्यक्तिहरू विरुद्ध प्रहरी अनुसन्धान प्रक्रियामा रहेका मुद्दाहरू मिलाइदिने भन्दै थारुले प्रतिवादीका परिवारसँग रकम लिएको आरोपमा नियन्त्रणमा लिइएको बताए ।
‘आपराधिक लाभ लिन नहुने’ कसूरमा उनलाई बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको पातलीले जनाए ।








प्रतिकृया दिनुहोस्