June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

सबै समूहसँग छलफल र समस्या बुझ्दै घरदैलोमा हिरा खत्री

Advertisement

भैरहवा–निर्बाचन आयोगले प्रचारप्रसार गर्न अनुमती दिएसँगै यतिबेला घरदैलो अभियान अन्तर्गत घर घरमा पुग्दै मतदातासँग भेटघाट गर्नमा व्यस्त छन्, ५० बर्षिय हिराबहादुर खत्री ।

Advertisement

युवासँग जेनजी आन्दोलनको मर्म र भावना अनुरुप कार्यान्वयन गर्नु पर्ने कुराकानी त युवासँग स्वदेशमा रोजगारी श्रृजनाका उपायका वारेमा छलफल । गाँउ गाँउ र टोल टोलमा शिक्षा, स्वास्थ्य, विकासका प्रर्वाधार, पर्यटन, घरेलु उद्यमशीलता, व्यवसाय र दैनिक जिविकोपार्जनका अवस्थाका वारेमा उनि प्रत्येक घरमा पुगेर जानकारी लिँदै हिँडेका छन् ।

भेट भएका बृद्धबृद्धाको सुखदुःख बुझ्दै आउँदो निर्बाचनमा बिजयी हुनकालागि सवैबाट आशीर्बादपनि लिइरहेका छन् । २०७९ मा भएको स्थानिय निकायको निर्बाचनमा देवदह नगरपालिकाको प्रमुखमा बिजयी भइ ५ बर्षको कार्यकालमा सम्पन्न गरेका खत्रीले राजनीतिलाई नजिकबाट जानेका छन् । त्यही अनुभवलाई अव उनले संसदीय निर्बाचनमा प्रयोगमा ल्याउँदैछन् ।

खत्री रुपन्देही–१ मा नेपाली काँग्रेसको तर्फबाट यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागि उम्मेदवार हुन् । ‘घरदैलोका क्रममा मतदाताले व्यक्त गरेका समस्या र भौगोलिक रुपमा प्रत्यक्ष देखिएका बिषयबस्तुलाई संकलन गरेर समेटेको छु’ पब्लिक कुरासँगको भेटमा उनले भने, ‘जनताले भोग्नु परेका समस्या समाधानका लागि त्यही अनुरुपको योजना तथा नीति नियम बनाएर कार्यान्वयन गर्ने भूमिका मेरो रहने छ ।’

रुपन्देही–१ मा पनि अन्य निर्बाचन क्षेत्रमा जस्तै शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगार, पर्यटन र समान्य नागरिकको जिविकोपार्जनसँग जोडिएका सवालहरु नै आफ्नो मुख्य चुनावी नारा रहेको उनले बताए । जेनजी आन्दोलनको भावना र मर्मलाई आत्मसात गर्दै जेनजी आन्दोलनले माग गरेका सम्पत्ति छानबिन सहितका बिषयबस्तुको उठान, जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरि निजी क्षेत्र र सरकारी तथा सार्वजनिक धरोहरमाथि भएका लुटपाट र आगजनी गर्नेको पहिचान गरि कानुनी रुपमा दण्डीत गर्ने र निजी क्षेत्रको मनोबल उठाएर लगानीको बातावरण तयार गर्ने योजना उनको छ ।

गुणस्तरिय र निःशुल्क शिक्षा कार्यान्वयन, सर्वसुलभ स्वास्थ्य, सुशासन, सरकारी सेवामा सहजता र जवाफदेहीता, कृषकको उपज खरिद गर्ने सहितको व्यवसायिक कृषि योजना, जनतालाई गास बास र कपास सहितको भरपर्दो सुरक्षा व्यवस्था आफ्नो प्राथमिकताको बिषय रहेको उनले बताए । ‘मतदातासँग यतार्थ भूगोलमा आधारित रहेर मैले कुराकानी गर्ने गरेको छु । हावादारी कुरा गर्दै आश्वासन दिँदै हिडेको छैन’ खत्रीले भने, ‘विगतमा नगरप्रमुखमा रहँदादेखि नै म यस क्षेत्रको वास्तविक भूगोल र जनताका समस्यासँग परिचित छु ।’

रुपन्देही–१ मा नदी कटानको समस्या र भूमिहिन सुकुम्बासी समस्या रहेको उनले बताए । देवदह भगवान बुद्धको मावली स्थल भएकाले त्यही किसीमबाट ऐतिहासीक तथा प्राचिन स्थलको उत्खनन् खोज र अनुशन्धान गरि पर्यटकीय विकासका योजना अगाडि बढाउने उनले बताए । नेपाली काँग्रेस अहिलेको समयसापेक्ष अनुरुप परिवर्तन भएर आएको राजनीतिक पार्टी भएको र बिगतमा भएका कमी कम्जोरीलाई सच्याउँदै फेरी गल्ती नगर्ने प्रतिबद्धताका साथ अघि बढेको उनले बताए ।

जेनजी आन्दोलनले खोजेको परिवर्तन काँग्रेसमा छ : विश्वप्रकाश शर्मा

जेनजी भावना र पार्टीको परिवर्तित नीति बुझाउँदै भोट माग्दै हिराबहादुर खत्री