May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

बिरामी किन रिसाउँछन् त ?

– वर्षा कोइराला

अस्पतालमा काम गर्ने कर्माचारी, डाक्टर, नर्स लगायत विभिन्न स्थानमा कार्यरत कर्मचारीले आफ्नो कार्यकालमा कुनै न कुनै समस्या झेलेकै हुन्छ। अस्पतालमा आउने बिरामी जो आफैँमा दुःखी छ, उसमा उत्पन्न भएका विभिन्न प्रशासनिक समस्या होस् या अन्य समस्या कसले समाधान गर्ने त ? अस्पतालमा काम गर्ने कर्माचारी, डाक्टर, नर्स लगायत विभिन्न स्थानमा कार्यरत कर्मचारीले? बिरामीहरु आफैँ निराश भएका बेला, क्रोधित हुने, नमिठो बोल्ने त प्राय अस्पतालमा कार्यरत कर्मचारीले दिनहुँ भोग्ने समस्या मध्ये एक महत्वपूर्ण समस्या हो।

Advertisement

बिचरा बिरामी उसको त के दोष छ? जो आफैँमा दु्ःखी छ । अस्पताल आइसकेपछि अब म के गर्ने होला ? कहाँ जाने होला भन्ने अन्योलमा परेका हुन्छन् । कति कुरा बुझिदैन ? कति पैसा पो लाग्ने हो ? कस्तो डाक्टर पो हो ? के मलाई यो डाक्टरले दिएको दबाइले ठिक हुन्छ कि हुँदैन ? भन्ने जस्ता अनेकौं प्रश्न  मनमा  खेलिरहेको हुन्छ । त्यसकारण रिस उठ्नु त स्वाभाविक नै हो।

Advertisement

यस्ता बिरामीको नमिठो बोली वचनले गर्दा अस्पतालमा कार्यरत कर्मचारी माझ पनि तनाव उत्पन्न गर्छ । कहिलेकाहिँ रिसको बेग सहन नसक्दा बिरामीले पाउने सुविधामा पनि सही तरिकाले जानकारी नदिइएको पनि पाइन्छ । सयौं बिरामी हेर्दा ती थाकेका डाक्टर र नर्सलाई पनि त रिस उठ्दो हो। यस्तै क्रममा कहिले झोका–झाँकी हुने सम्भावना पनि उत्तिकै बढेको देखिन्छ।

यस्ता बिरामीलाई अस्पताल व्यवस्थापनले कसरी विश्लेषण गर्ने र समाधानको बाटोतिर लाग्ने विषय निकै नै जटिल र आवश्यक रहेको देखिन्छ । यस समस्याको समाधान भन्दा पनि न्युनिकरण गर्ने अस्पताल व्यवस्थापनले सक्रिय रुपमा अति नै आवश्यक छ।

–    समस्याको जड पत्ता लगाउने ।
–    बिरामीको भाव बुझ्ने कोशिश तिर लाग्ने
–    बिरामीको अभद्र व्यवहारलाई परिवर्तन गर्न कोशिस गर्ने ।

बिरामीको अभद्र व्यवहारका विभिन्न कारण हुन सक्छन्, एउटा बिरामी देखाएको अस्वभाविक व्यवहारले अर्को बिरामीलाई समेत असर पुग्न सक्छ। आवेशमा आएर क्रोधित भएका बिरामी हरेक दिन देख्न पाइन्छ । क्रोधमा भएको बिरामीलाई अस्पताल जति नै उत्कृष्ट भएपनि त्यो समयमा यसको केही मान्यता हुँदैन। आवेशमा आएर अभद्र व्यवहार गरेको मात्र देख्न पाइन्छ।

यस्तो व्यवहारले अस्पतालमा कार्यरत कर्मचारी असर गर्नु र नराम्रो लाग्नु स्वाभाविक नै गल्ती पनि सुन्न चाहदैन। त्यसबेला कर्मचारी बिरामीको गुनासो सुन्ने वातावरण मिलाउनु नै सबैभन्दा सहज उपाय देखिन्छ। सुस्ताएर नम्र स्वरमा बिरामीको क्रोधको कारण सुनिदिनु नै बुद्धिमानी मानिन्छ।

समयको कदर सबैले गर्नुपर्छ । चाहे त्यो बिरामी होस वा बिरामीलाई जाँच गर्ने वरिष्ठ चिकित्सक नै किन नहोस् । समय  सबैका लागि उत्तिकै महत्वपूर्ण हुन्छ। कहिले चिकित्सक ढिलो आउने, कहिले बिरामी बोलाएको समयमा नआइदिँदा विभिन्न समस्या उत्पन्न भएको पनि दखिन्छ । यसले गर्दा अस्पतालको सेवा पाउन पनि निकै समय कुर्नु परेको पाइन्छ । यसरी नै एउटा सानो सेवा लिन पनि दिनभरी नै अस्पताल बस्नुपर्ने बाध्यता हरेक बिरामीको हुन्छ । अहिले डिजिटल युगमा इमेल, एसएमएस, फोन कल गरेर आउँदा यस्ता समस्याबाट छुट्कारा पाएको देखिन्छ।

अहिले डिजिटल युगले गर्दा गुगल नै प्राय बिरामीको लागी एउटा चिकित्सकको रुपमा स्थापना भएको सामान्य मानिन्छ । गुगलले भनेको सबै सल्लाह बिरामीको हितमा हुन्छ वा हुँदैन भन्ने महशुस गराउन पनि उत्तिकै आवश्यक छ । गुगललाई सही मान्ने बिरामी तथा आफन्तहरु उल्टै चिकत्सकलाई सल्लाह दिएको देखिन्छ । यस्ता बिरामीलाई चिकत्सकले धैर्यका साथ सुनिदिने र उनीहरुलाई यसको सत्यतथ्य विस्तारमा भन्दा बिरामीहरुलाई सही सल्लाह दिन सकिन्छ।

विभिन्न प्रकारका बिरामी मध्ये सानो कुरामा धेरै चिन्ता लिने आत्तिने बिरामी पनि एउटा संवेदनशील विषय हो। यस्ता बिरामीको विश्वास जित्न साह्रै नै जरुरी हुन्छ । यस प्रकारका बिरामीलाई आफू प्रति विश्वास दिलाउन र यस अस्पतालले प्रदान गर्ने सेवा बिरामीकै हितका लागि हो भन्ने बुझाउन सकेमा अस्पतालको व्यवस्थापनलाई सफल मान्न सकिन्छ।

बिराम र उसका आफन्तहरु अस्पतालका लागि सबैभन्दा उत्कृष्ट अधिवक्ता हुन जान्छन्। त्यही भएर बिरामीसँग ठोकिने, जो–कोहीले पनि उनीहरुसँग गर्ने व्यवहार, प्रदान गर्ने सेवामा  विशेष पहल गर्न अत्तिनै जरुरी देखिन्छ। अस्थिर र अन्य कठिन परिस्थिति सामना गर्नुपर्ने बिरामीलाई प्रभावकारी रुपमा समाधान गर्नु नै अस्पताल व्यवस्थापनलाई सफल मान्न सकिन्छ।

(कोइराला प्रशासन प्रमुखका रुपमा काठमाडौं क्यान्सर सेन्टरमा मा कार्यरत हुनुहुन्छ ।) -swasthyakhabar