July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

Advertisement

दाङ– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले हात पारेको छ । शनिबार दाङमा सम्पन्न फाइनल खेलमा नवलपरासीलाई ३–० को सोझो सेटमा पराजित गर्दै गुल्मी दोस्रो पटक मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो ।

Advertisement

गुल्मीले नवलपरासीलाई पहिलो सेट २५–१५, दोस्रो सेट २५–१३ र तेस्रो सेटमा २५–१५ ले हराएको हो । उपाधसँगै गुल्मीले नगद १ लाख, ट्रफी र मेडल हात पारेको छ ।

यस्तै, दोस्रो स्थानमा चित्त बुझाएको नवलपरासीले नगद ६५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागी प्रतियोगितामा रुपन्देही तेस्रो र प्यूठान चौथो भएका छन् ।

रुपन्देहीले प्युठानलाइ ३–१ को सेटमा हराउँदै तेस्रो स्थान कायम गरेको हो भने प्यूठान चौथो भएको हो । तेस्रो भएको रुपन्देहीले नगद ३५ हजार र चौथो भएको प्युठानले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ ।