गगन–विश्वको पक्षमा पुगे काँंग्रेस रुपन्देहीका नेता बालकृष्ण खाँण


नेपाली कांग्रेसको संस्थापन इतर पक्ष तितर–वितरको अवस्थामा पुगेको छ। सभापति गगन थापाले व्यक्तिगत संवादमार्फत इतर पक्षका नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेपछि उक्त समूहमा विभाजन देखिएको हो।
सभापति थापाले सोमबार निवर्तमान सभापति शेरबहादुर देउवा, नेता डा शेखर कोइराला र डा शशांक कोइराला समूहका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। देउवा पक्षले समा
देउवा पक्षका १० जना नेतालाई बालकृष्ण खाँणको सिफारिसमा सभापति थापाले केन्द्रीय सदस्यमा मनोनीत गरेको नेताहरू बताउँछन्। सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र नेता खाँणबीच पछिल्लो समय निरन्तर संवाद भइरहेको छ।
खाणका विश्वासपात्र मध्येका पुष्पा भुसाल, उदयशम्शेर राणा, योगेन्द्र चौधरी, डिला संग्रौला लगायत विशेष महाधिवेशनमै सहभागी भइसकेका थिए। विशेष महाधिवेशनबाट भुसाल उपसभापति बनेकी छन् भने राणा, चौधरी, संग्रौला सहमहामन्त्री छन्। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई पनि खाँणका निकटस्थ मानिन्छ। पछिल्लो समय खाँण देउवा समूहको बैठकमा पनि सहभागी हुन छोडेका छन्।
सभापति थापा, उपसभापति शर्मा र खाँणबीच औपचारिक र अनौपचारिक रुपमा संवाद भएको नेताहरूले बताए।
कांग्रेसका एक पदाधिकारीले भने, ‘सभापति र उपसभापतिसँग खाँण निरन्तर संवादमा हुनुहुन्थ्यो। उहाँसँग सभापति र उपसभापतिले भेटघाट पनि गर्नुभएको सुनेको छु।’
१४ औँ महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्न नपाएपछि खाँणले शर्माप्रति सद्भाव राखेका थिए। आफ्ना विश्वासपात्रलाई महामन्त्रीमा शर्मालाई भोट दिन भनेको कांग्रेसवृत्तमा अहिले पनि चर्चा छ।
उपसभापति शर्माले खाणसँगको समन्वयमा जेठ १४ र १५ मा लुम्बिनी प्रदेश स्तरीय भेला रुपन्देहीमा राखेको नेताहरू बताउँछन्। प्रदेश राजधानी दाङमा कार्यक्रम राख्न आग्रह गर्दा खाँणको समन्यवमा रुपन्देहीमा राखिएको शर्माको जवाफ थियो। निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठ बाहेक १० जना खाणकै सिफारिसमा केन्द्रीय समितिमा मनोनीत गरिएको नेताहरू बताउँछन्।
खाँणले महेन्द्र यादव, नेताहरू रमेश रिजाल, अजयकुमार चौरासिया, लक्ष्मी परियार, आङगेलु शेर्पा, दिनेशकुमार यादव, राजीव ढुंगाना, सुशीला मिश्र भट्ट, नागिना यादव र जीवन रानाको नाम सिफारिस गरेका थिए।
‘हामी खाँण दाइको सिफारिसमा केन्द्रीय सदस्य भएको हौँ। उमेश श्रेष्ठजी पहिलेदेखि नै कार्यसमितिभित्रै हुनुहुन्थ्यो,’ केन्द्रीय सदस्यमा मनोनीत एक जनाले भने, ‘केन्द्रीय समिति बैठक सेयर गरिराख्नु भएको थियो।’
सुदूरपश्चिमका सिनियर नेताहरूसँग रानाले पनि खाँणको सिफारिसमा केन्द्रीय सदस्य बनेको बताएकी थिइन्। केही दिन थप केन्द्रीय सदस्य मनोनीत गर्ने सभापति थापाको तयारी छ।
‘सभापतिज्यूको कुरा गुटगत भागबण्डाका आधारमा भन्दा व्यक्तिगत रुपमा नै समेटेर जाने भन्ने छ। केही दिनमा थप केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी छ,’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘त्यसमा पूर्ण दाइ र शेखर दाइलाई नै समेट्ने प्रयास रहन्छ। त्यो सम्भव नभए केही साथी थपिन्छन्।’
नान्तर गतिविधि अघि बढाइरहेका बेला देउवा र कोइराला पक्षका १९ जना नेतालाई केन्द्रीय समितिमा समेटिएका छन्।








प्रतिकृया दिनुहोस्