July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनले गरे कडा टिप्पणी

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले एक विद्यालयका प्रधानाध्यापकलाई स्वागत गर्न नआएको भन्दै सार्वजनिक रूपमा थर्काएको भिडियो बाहिरिएपछि चौतर्फी आलोचना भइरहेको छ।

Advertisement

यसै विषयलाई लिएर स्वतन्त्र सांसद तथा वैज्ञानिक महावीर पुनले कडा आपत्ति जनाउँदै सांसदहरू जनताको मालिक नभई ‘नोकर’ भएको स्मरण गराएका छन्।

सांसद पुनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै सांसद पोखरेलको व्यवहारलाई “पदको बेइज्जत” को संज्ञा दिएका छन्। उनले लेखेका छन्, “सांसद भनेको जनताको नोकर हो। एउटा सांसदले आफ्नो क्षेत्रको जनताले अहाएको काम गर्नुपर्छ। बाटोमा स्वागत गरेनन् भनेर यसरी धाक र रवाफ देखाउनु लज्जास्पद छ।”

पुनले यस्तो व्यवहार गर्ने जोकोही नेतालाई तुरुन्त बर्खास्त गरेर घर पठाउनुपर्ने भन्दै आक्रोश व्यक्त गरेका छन्।

भिडियो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा रास्वपा र सांसद पोखरेलको चर्को आलोचना भइरहेको छ। सर्वसाधारणले नयाँ शक्ति भनिएको पार्टीका सांसदबाट पुरानै शैलीको सामन्ती व्यवहार देखिएको भन्दै टिप्पणी गरिरहेका छन्।

सांसद पुनले पोखरेललाई कि त तुरुन्त माफी माग्न, कि त जनताले उनलाई फिर्ता बोलाउनुपर्ने माग समेत गरेका छन्।