December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

मन्त्री छान्न माओवादीले बोलायो स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ ।

दिउसो १ बजे बोलाइएको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने छ । 

स्थायी कमिटी सदस्य गणेश साहले दिएको जानकारीअनुसार यसअघि पनि मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएकाले आज पनि सोही निर्णय कायमै रहन सक्ने सम्भावना पनि छ । माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ भने अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने छ ।

Advertisement