April 22, 2025, Tuesday
२०८२ बैशाख ९

महाधिवेशनबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। आफ्नै निवास बूढानीलकण्ठमा शनिबार दिउँसो २ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

१४ औं महाधिवेशन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाइएको हो।

Advertisement

कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने भनेको छ। तर, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम केही जिल्लामा सकिएका छैनन्।

१० लाख क्रियाशील सदस्य बनाउने भनेको कांग्रेसमा अहिलेसम्म करिब ८ लाख क्रियाशील सदस्य बनिसकेका छन्।