April 23, 2025, Wednesday
२०८२ बैशाख १०

सुदूरपश्चिमबाट ओलीलाई चुनाैती: सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेकाे निर्णय

धनगढी – नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारको दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ। बुधबार बिहान बसेको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो।

यसअघि एमालेको स्थायी कमिटि बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। सरकारमा सहभागी तीन जना एमाले मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिने निर्णय उक्त बैठकमा भएको थियो।

Advertisement

तर बुधबार बिहान बसेको प्रदेश संसदीय दलको बैठकले स्थायी कमिटि बैठकको निर्णयलाई चुनौती दिँदै सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो।

कोभिड लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले जानकारी दिए।

उनले कोरोना महामारीले देश आक्रान्त भएको र बजेट ल्याउनुपर्ने भएकाले सांसदहरुको छलफल पछि यस्तो निर्णय गरेको बताए।