राष्ट्रपतिको संविधान समाप्त पार्ने कदम क्षम्य हुनै सक्दैन : शेखर कोइराला
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति तोकेपछि आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर राष्ट्रपतिबाट मध्यरातमा संविधान च्यात्ने काम भएको बताए ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो ।’
कोइरालाले यो घटनाले देशलाई कहाली लाग्दो द्वन्द्वमा लैजाने निश्चित भएको टिप्पणी गरे । ‘राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको छ। संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन,’ उनले भनेका छन्।
प्रतिकृया दिनुहोस्