August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

जनताको नयाँ सरकारसँग ठुलो अपेक्षा छ, ध्यान पुगोस्ः डा.भट्टराई

Advertisement

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा ऐतिहासिक पुस्तान्तरणसहित बनेको नयाँ सरकार र नेतृत्वसँग जनताको निकै ठुलो अपेक्षा रहेको बताएका छन्।

Advertisement

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले गाउँको कुनाबाट नियाल्दा पनि जनतामा नयाँ सरकारप्रति ठुलो भरोसा र आशा देखिएको उल्लेख गरेका हुन्।

उनले नयाँ सरकारका सम्बन्धित सबै पक्षलाई जनअपेक्षा बुझ्न र त्यसतर्फ ध्यान पुर्‍याउन आग्रह गरेका छन्। भट्टराईले वर्तमान नेतृत्वलाई महान् वैज्ञानिक न्युटनको चर्चित भनाइ स्मरण गराउँदै दूरदृष्टि राख्न सुझाव दिएका छन्।

उनले न्युटनको भनाइ उद्धृत गर्दै लेखेका छन् ‘मैले परसम्म देख्न सक्छु किनकि म महामानवहरूको काँधमा चढेको छु।’ उनले मुल नेतृत्वले यो भनाइलाई निरन्तर स्मरण गर्नुपर्नेमा जोड दिएका छन्।