रास्वपाले असार ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मिति तय गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने घोषणा भएको नेता गणेश पराजुलीले जानकारी दिए ।
आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तोकेको हो ।
यसअघि सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते गर्ने प्रस्ताव गरेका थिए । तर असार ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय भएको पराजुलीले फेसबुकमा लेखेका छन् ।
आगामी महाधिवेशन र विविध एजेण्डामा छलफल गर्न पार्टी कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक आयोजना गरिएको छ ।
यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । त्यसअनुसार भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्थ्यो । रास्वपा २०७९ सालमा गठन भएको थियो ।








प्रतिकृया दिनुहोस्