कांग्रेस नेता दीपक खड्का पक्राउ


भैरहवा– प्रहरीले नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको बताइएको छ ।
उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबी स्रोतले पूर्वमन्त्री खड्का पक्राउ परेको जनाएको छ । दीपक खड्का २०७९ सालमा संखुवासभाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । २०८० सालमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
जेनजी आन्दोलन अघि खड्की ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री समेत थिए । आन्दोलनका क्रममा काठमाडौंको बुढानीलकण्ठस्थित देउवा निवास नजिकमा रहेको खड्काको निवासमा पनि आगजनी भएको थियो । आगजनीको क्रममा उनको घरबाट पैसा उडेको जस्तो देखिने भिडियो भाइरल भएको थियो । त्यससँगै उनीमाथि छानबिनको माग उठेको थियो ।








प्रतिकृया दिनुहोस्