August 14, 2026, Friday
२०८३ श्रावण २९ शुक्रबार

रास्वपा पनि भ्रष्टाचार रोक्न सकेन भने हराएर जान्छः महावीर पुन

Advertisement

पूर्वशिक्षामन्त्री महावीर पुनले आगामी सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरूलाई नियम पुर्‍याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्ने बताएका छन् ।

Advertisement

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भ्रष्टाचारीहरूलाई कारबाही गर्दा नियम बाधक बने तत्काल नयाँ नियम बनाउनु पर्ने पनि बताएका छन् । ‘अब आउने रास्वपाको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरुलाई नियम पुर्‍याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्छ,’ उनले लेखेका छन्, ‘नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनु पर्छ ।’

सरकारले भ्रष्टाचार रोक्न नसके जनतालाई ठूलो धोका हुने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि कालान्तरमा हराएर जाने पूर्वमन्त्री पुनको टिप्पणी छ । ‘तीन महिनाभित्र जनताले सुशासनको अनुभुति गर्न सकुन्,’ उनले भनेका छन्, ‘भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई मैले पूर्ण सहयोग गर्नेछु ।’