May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्। राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ छ।

Advertisement

अनेरास्ववियू (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति आए आफूले जिम्मेवारीबाट बिदा लिन चाहेको बताए।

Advertisement

‘माओवादीभित्रै प्रचण्डको काम छैन, आफैँ अघि बढ्नुपर्यो भन्ने सुनिन्छ। मलाई के लाग्छ भने भित्रै बसेर मजाले किताब लेख्न पाए हुन्थ्यो, जिम्मेवारी लिने त्यस्तो पात्र पाए त’, उनले भने ।

प्रचण्डले थपे ‘राम्रो विचार, कार्यदिशा लिएर आउनुहोस्, म उत्तराधिकारी घोषणा गरेर बिदा लिन्छु तर, माओले लिम्पियालाई उत्तराधिकारी बनाएजस्तो हतार गर्दिनँ। त्यही लिम्पिया माओलाई गोली हान्न गयो । त्यस्तो हत्यारा नेतृत्व चाहिँदैन।’ यो समाचार राजधानी दैनिकमा छ ।