June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

थपिए ८ लाख ३७ हजार ९४ नयाँ मतदाता

Advertisement

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा ८ लाख भन्दा बढी मतदाता थपिएका छन्। निर्वाचन आयोगका अनुसार मंसिर ५ गतेसम्म तोकिएको समयसीमाभित्र जम्मा ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका हुन्।

Advertisement

थपिएका यी मतदाताहरूमध्ये ३ लाख ४४ हजार ९ सय १४ जनाले निर्वाचन कार्यालयमा पुगेर बायोमेट्रिक विवरण दिएर नामावली दर्ता गराएका छन्। त्यसैगरी, बाँकी ४ लाख ९२ हजार १८० मतदाताको दर्ता राष्ट्रिय परिचयपत्रको माध्यमबाट भएको छ।

नयाँ मतदाता थपिएसँगै अब आगामी प्रतिनिधि सभा निर्वाचनमा मतदाताको कुल संख्या १ करोड ९० लाख ५ हजार ३ सय १४ पुगेको छ।

आयोगका अनुसार पछिल्लोपटक मतदाता नामावली दर्ता खुलाउनुअघि कात्तिक १६ गतेसम्म मतदाताको संख्या १ करोड ८१ लाख ६८ हजार २ सय ३० रहेको थियो।