June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

मतदाताको उमेरको ‘कट अफ डेट’ निर्वाचन आयोगले तोक्यो

Advertisement

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाताको उमेरको निर्दिष्ट समय (कट अफ डेट) निर्धारण गरेको छ। आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम हुने निर्णय गरेको हो।

Advertisement

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मंसिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गर्ने र त्यसमा कुनै त्रुटि वा उजुरी भएमा मंसिर २१ देखि २७ गतेसम्म आयोगलाई जानकारी दिन सकिने बताए।

विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते आयोगले मतदताको अन्तिम नामावाली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले जानकारी दिए।