पाल्पामा भ्रमण आएका विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते

पाल्पा– विद्यार्थी बोकेर भ्रमणमा आएको बस पाल्पामा दुर्घटना भएको छ । शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा बस दुर्घटनामा परेको हो ।
विद्यार्थी बोकेको उक्त बस शुक्रबार बिहान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी होमप्रकाश चौधरीका अनुसार, घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको छ । उनीहरूको अवस्था सामान्य छ ।







प्रतिकृया दिनुहोस्