करेन्ट लागेर देवदहमा एकजनाको मृत्यु


देवदह– करेन्ट लाग्दा रुपन्देहीको देवदहमा एक युवकको ज्यान गएको छ । देवदह–६, खैरेनीस्थित कृष्ण क्षेत्रीको घरमा झालर टाँग्ने क्रममा करेन्ट लागेर बुलिङ्टार–१, नवलपुर निवासी २९ वर्षीय देवबहादुर आलेको मृत्यु भएको हो ।
देवदह प्रहरी चौकीका वरिष्ठ सई कवि सेन्चुरीका अनुसार क्षेत्रीको घरमा बिबाहका लागि झालर टाग्न पुगेका आलेलाई बिहीवार घरमाथि रहेको ११ केभिएको विद्युत लाइने छोएपछि अचेत भएका थिए ।
अचेत अवस्थामा देवदह मेडिकल कलेज भलुही पुर्याए पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।








प्रतिकृया दिनुहोस्