भौतिकसँगै आर्थिक र सामाजिक रूपान्तरण गरुरी छ : नगर प्रमुख पाण्डेय


बुटवल– बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले भौतिक बिकासका साथै आर्थिक र सामाजिक मार्फत् नै समाज रुपान्तरण सम्भव भएको बताएका छन् । भौतिक पूर्वाधार बिकासबाट मात्रै समाजको सार्थक बिकास नहुने धारणा राख्दै नगर प्रमुख पाण्डेयले आर्थिक, सामाजिक र नैतिक शिक्षाको बिकासबाट मात्रै समृद्धि हासिल हुने कुरामा जोड दिए ।
बुटवल–१२, तामनगरमा बुद्ध टोल बिकास संस्थाको ११ औं साधारण सभा तथा ५ औं अधिबेशनको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, मानवीय बिकास लगायतका बिषयहरु उपमहानगरको प्रमुख लक्ष र उद्देश्य रहेको जनाए । टोल बिकास संस्थाहरु स्थानीय सरकारका बिकास, समन्वय र सहकार्यका लागि प्रमुख आधारशिलाको रुपमा रहेको उल्लेख गर्दै प्रमुख पाण्डेयले यस्ता संस्थाहरुलाई थप मजबुत र जिम्मेबार बनाउन आवश्यक रहेकोमा जोड दिए ।
सो अवसरमा बुटवल १२ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यले टोल बिकास मार्फत् नै योजनाहरुको माग र कार्यान्वयन गर्ने गरिएको चर्चा गर्दै टोल बिकास संस्था मार्फत योजनाहरु कार्यान्यवन गर्दा बिवादरहित हुने गरेको पनि उल्लेख गरे । उनले सबै टोलमा आवश्यक परेको स्थानमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता समेत ब्यक्त गरे ।
भूपु सैनिक कल्याणकारी संघका अध्यक्ष पूर्णबहादुर शाहीले टोल समाजमा एकता, बिश्वास र समझदारी कायम गरि अघि बढेमा समुन्नत समाजको निर्माण हुने बिश्वास ब्यक्त गरे । बुद्ध टोल बिकास संस्थाका अध्यक्ष शारदा सुबेदीले सभामा बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै टोलको बिकासमा सबैको समुदायको भूमिका महत्वपूर्ण हुने बताइन् ।
कार्यक्रममा पूर्व वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, टोल बिकास संस्थाका उपाध्यक्ष बिष्णु खड्का, सचिव सुनिता गिरी, कोषाध्यक्ष दिपा थापालगायतले टोल बिकास संस्थाको भूमिका, काम कर्तब्य र अधिकारबारे चर्चा गरेका थिए । सो अवसरमा टोलको बिकासमा उल्लेख्य योगदान पुराएवापत संस्थाका सचिव सुनिता गिरी र कोषाध्यक्ष दिपा थापालाई सम्मान गरिएको थियो । साथै टोलका एक दर्जन एकल महिलाहरुलाई सम्मान गर्दै पौष्टिक आहारहरु प्रदान गरिएको थियो ।








प्रतिकृया दिनुहोस्