June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

‘जेनजी’ अभियन्ता समूहबीच आपसमा विवाद हुँदा कार्यालयमा तोडफोड र हातपात

Advertisement

जेनजी’ अभियन्ता मिराज ढुंगानाको समूहबीच आपसमा विवाद हुँदा काठमाडौंको नक्सालस्थित उनको कार्यालयमा तोडफोड र हातपात गरिएको खुलेको छ ।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, बुधबार (मंसिर ३) साँझ करिब ६ बजे ढुंगाना समूहका केही व्यक्तिहरू छलफल गर्ने भनेर त्यहाँ पुगेका थिए ।

परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईले उनकै समूहबीच आपसमा विवाद भएको बताए । “उहाँहरू आफू आफूबीच विवाद भएपछि तोडफोड र सामान्य हातपात भएको हो । त्यसपछि प्रहरी पठाएका थियौँ,” उनले भने ।

कार्यालय तोडफोड र हातपात गर्ने कुनै पार्टीका कार्यकर्ता नभई ढुंगाना समूहकै साथीहरू रहेको खुलेको प्रहरीले जनाएको छ ।

आक्रमणपछि ढुंगानाले आफ्नो कार्यालय र साथीहरूमाथि हातपात भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गरेका थिए ।

ढुंगानाले ‘गरी खान देऊ’ नामक समूह घोषणा गरेका थिए ।