June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

सिद्धार्थनगर ४ को वडास्तरीय क्रिकेट प्रतियोगिता मंसिर ७ र ८ मा

Advertisement

भैरहवा–स्थानीय स्तरमा खेलकुदको विकासका लागि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को आयोजनामा ‘चौथो वडा स्तरीय टेनिस बल क्रिकेट प्रतियोगिता’ सञ्चालन हुने भएको छ ।

Advertisement

येही मंसिर ७ र ८ गते भैरहवाको सिद्धार्थ क्रिकेट खेल मैदानमा उक्त प्रतियोगिता सञ्चालन हुने जानकारी मंगलवार उक्त वडा कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा दिइएको हो ।

प्रतियोगितामा सिद्धार्थनगर नपा–४ नम्बर वडा अन्र्तगतका १० वटा क्रिकेट टिमको सहभागीता रहने छ । जसमध्ये, कचरीहवा युवा क्लव, स्टाक टोल युवा क्लव ए र बी, उद्योगपुरी युवा क्लव, दोगहरा युवा क्लव, दोगहरा फ्रन्ट्स युवा क्लव, एयरपोर्ट युवा क्लव ए बी सी, र मायाँदेवी युवा क्लवको सहभागिता रहने जनाइएको छ ।

सिद्धार्थनगर नपा–४ का वडा अध्यक्ष मुक्तिनाथ यादव (भोला) ले स्थानीय स्तरमा खेलकुदको विकासका लागि यो प्रतियोगितालाई निरन्तरता दिइएको बताए । उनका अनुसार, यस प्रतियोगिताका लागि ५ लाख रुपैया बिनियोजन गरिएको छ ।

‘बिगतका बर्षमा आयोजना गरिएको यस प्रतियोगिताले स्थानीय खेलाडीलाई उत्साहित बनाएको छ । बिगतमा रमाइलो रुपमा लिएर प्रतियोगितामा सहभागी भएका खेलाडी यस पटक खेलकुदको मनसायले सहभागी हुदैछन्’ बडाअध्यक्ष यादवले भने, ‘यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको छनौट गरी नगरपालिकाको मेयर कप र प्रदेश स्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।’

प्रतियोगितामा प्रथम हुने टिमलाई ४१ हजार, दोश्रोलाइ ३१ ह्जार, म्यन अफ द सिरिजलाई ११ हजार, बेष्ट बलरलाई ५ हजार १ सय र प्रत्येक म्याचको मेन अफ द म्याचलाई १ हजार १ सय नगद पुरष्कार प्रदान गरिने छ ।