June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

श्रीमतीको हत्या आरोपमा पक्राउ

Advertisement

भैरहवा–रुपन्देहीको सिद्धार्थनगर–८, स्थित एक होटल परिसरमा रहेको निवासमा श्रीमतीको हत्या आरोपमा फरार व्यक्ति पक्राउ परेका छन् । सिद्धार्थनगर–८, स्थित होटल लुम्बिनी गेटमा काम गर्दै आएकी बागलुङको निसीखोला–६, रास्कोटकी २० वर्षीया मेलिना परियारका श्रीमान बिजय भनिने बीरबहादुर कुँवरले हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार तीन दिनअघि होटल कम्पाउण्डभित्र मेलिनाको शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्नेक्रममा श्रीमानले सामाजिक सञ्जालमार्फत अन्य महिलासित कुराकानी गरेको आशंकामा पति–पत्निबीच झगडा सुरु भएको थियो ।

त्यही क्रममा श्रीमानले पत्निलाई मादक पदार्थ सेवन गराएर हत्या गरेको खुलेको डीएसपी कार्कीले जानकारी दिए । घटना लगत्तै फरार रहेका कुँवरलाई प्रहरीले शुक्रबार बुटवल–९, बसर्पाकमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका कुँवरलाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनायो ।