June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

सत्यवती मेलाबाट ३९ लाख भेटी संकलन

Advertisement

पाल्पा- कार्तिक पूर्णिमाको अवसरमा पाल्पाको सत्यवती मेलाबाट ३९ लाख ७७ हजार भेटी संकलन भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा चिच्याएर वर माग्न पुगेका श्रद्धालुले चढाएको भेटी कार्तिक २० गते गणना सुरु भएर आइतबार सकिएको हो ।

Advertisement

कोलडाँडास्थित सत्यवती बज्यैको मन्दिरमा लागेको मेलामा संकलन भएको भेटी तिनाउ गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, समितिका प्रतिनिधि, सुरक्षाकर्मीको रोहबरमा गणना गरिएको थियो ।

मेलामा पुगेका श्रद्धालुले नगदी रसिदबाट १२ लाख १२ हजार, मेला स्थलको स्टल, परेवा बिक्री, बोका बिक्रीबाट ४ लाख ८७ हजार उठेको छ । श्रद्धालुले चढाएको भेटी २२ लाख ७७ हजार ८ सय ४५ रकम संकलन भएको सत्यवती मन्दिर ताल संरक्षण समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए ।

जिल्लामै सबैभन्दा धेरै जनसहभागिता हुने सत्यवती तालमा लागेको मेलामा २ लाख बढी श्रद्धालुले ताल र सत्यवती बज्यै मन्दिरको दर्शन गरेको समितिले जनाएको छ । गत वर्ष भने सत्यवती तालमा लागेको मेलाबाट ३२ लाख ८१ हजार ८ सय ७० रुपैयाँ दान तथा भेटी संकलन भएको थियो ।

अध्यक्ष गाहाका अनुसार मेलामा भक्तजनले चाँदी र सुनका गहनासमेत सत्यवती बज्यैलाई चढाएको भेटिएको छ । श्रद्धालुले चाँदीका पाउजु, हातमा लगाउने ब्रासलेट, सुनको जन्तर र घाँटीमा लगाउने सिक्री चढाएका छन् । सत्यवतीमा संकलन भएको भेटीबाट मन्दिरको विकास तथा सत्यवती तालसम्म आउने सडक पूर्वाधार विकासमा खर्च गरिने समितिका अध्यक्ष गाहाले बताए ।