September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

स्थायित्वका लागि दल र युवापुस्ता एकताबद्ध हुनुपर्छः ज्ञवाली

Advertisement

गुल्मी– नेपाल एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश विकासको पहिलो सर्त राजनीतिक स्थायित्व भएको बताएका छन् । उनले यसका लागि एमाले कटिबद्ध रहेको उल्लेख गरे ।

Advertisement

प्रेस चौतारी नेपाल, गुल्मी शाखाले शनिबार तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘राजनीतिक स्थायित्व एवं विकासका निम्ति सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्छ । एमालेको जोड पनि यसैमा छ ।’

नेता ज्ञवालीले एमालेलाई आत्मबलका साथ पुनःऊर्जाशील बनाउने, जनतामाझ उपस्थित भई उनीहरूका भावना बुझ्ने तथा पार्टीलाई सुव्यवस्थित ढङ्गले रूपान्तरण गर्ने अभियान सुरु गरिएको बताए।

हालैको ‘जेन्जी आन्दोलन’ मा घुसपैठ भएको तथा सुनियोजित ढङ्गले सार्वजनिक एवं व्यक्तिगत सम्पत्तिमा आगजनी गरिएको टिप्पणी ज्ञवालीको छ । पार्टीका सचिव गोकर्णराज विष्टले युवाहरुको भावना बुझ्ने पार्टी एमाले भएको बताए ।

उनले जेनजी युवाहरुलाई पार्टीले सधैं साथमा लिएर अघि बढ्ने उल्लेख गरे । आन्दोलनका क्रममा घुसपैठ गरेर निजी र सार्वजनिक सम्पत्तिमाथि क्षति गरिनु दुःखद् भएको उनको तर्क छ । जेनजी भावनाअनुसार एमालेले आफ्ना नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने उनको प्रतिबद्धता छ ।