नालीमा डुबेर बालकको मृत्यु


भैरहवा–घर अगाडिको सडक किनारमा रहेको नालीमा डुबेर कपिलबस्तु जिल्लामा एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार, कपिलबस्तु नगरपालिका–६ सेमरीमा यो घटना घटेको हो । स्थानिय अनोहर हुसेनका १५ महिने आकिब मुसलमानको मृत्यु भएको हो ।
डुबेको केही बेरपछि बालकलाइ देखेपछि तत्काल उपचारका लागि सदरमुकाम तौलिहवास्थित जिल्ला अस्पतालमा पुर्याइएको थियो । उपचारका क्रममा बालकको अस्पतालमैं मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक रिपेन्द्रकुमार सिंहले जनाएका छन् ।
कपिलबस्तु नगरपालिका वडा नं. ६ मा रहेको सेमरी, बेलासपुर, थुम्हवा, रुधौला लगायतको गाँउमा बाटोको किनारमा निर्माण गरिएको नालीमा ढक्कन नलगाइदा बालक डुब्ने जोखिम बढ्दो भए पनि सम्बन्धित निकायको ध्यान गएको छैन ।








प्रतिकृया दिनुहोस्