बालिका बलात्कार गरेको आरोपमा कपिलवस्तुमा भारतीय युवक पक्राउ


कपिलवस्तु– बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश देवरिया गिडाका २२ वर्षीय राकेश निसाद छन्।
कपिलवस्तुकी ती १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभूमि नगरपालिका–७, बिशमपुरास्थित सरस्वती र्इंटा उद्योगमा काम गर्ने निसादलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राकेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय, गोरूसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका निसादमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।








प्रतिकृया दिनुहोस्