June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

कुलमान लक्षित पोखरेलको प्रश्न– अविलम्ब मन्त्री पदबाट बिदा हुनुपर्ने होइन र ?

Advertisement

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै सरकारमा बस्नु उचित नहुने बताएका छन् ।

Advertisement

सामाजिक सञ्जालमार्फत प्रश्न सोधेका छन्– ‘प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?’

पार्टी गठन गरेको व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त नहुने उनको भनाइ छ । उनले थप भनेका छन्– ‘प्रधानमन्त्रीको प्रतिवद्धतासंग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ?’