June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

यसपटक मनसुननी विपदमा परेर १४० को मृत्यु

Advertisement

भैरहवा– यस बर्षको मनसुनको वेला बिपद्का घटनामा परेर कुल १ सय ४० जनाको मृत्यु भएको छ । अघिल्लो बर्षको तुलनामा यस पटकको मनसुनको वेला घटनाबाट धनजनको क्षती कम भएको राष्ट्रिय विपद जोखीम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

Advertisement

प्राधिकरणका अनुसार, यस पटकको मनसुनको वेलामा १ हजार ४ सय ५४ वटा बिपद्का घटना घटेका थिए । जवकी अघिल्लो बर्ष २०८१ सालको मनसुनको वेलामा २ हजार १ सय ३९ वटा बिपद्का घटना घटेका थिए । ति घटनामा ४ सय ९५ जनाको मृत्यु भएको थियो ।

यस बर्ष बिपद्बाट ५ हजार ९ सय ९५ घर परिवार प्रभावित भएका थिए भने अघिल्लो बर्ष १० हजार ८ सय २३ घर परिवार प्रभावित भएका थिए । अघिल्लो बर्ष बिपद्मा परेर ६६ जना बेपत्ता भएका थिए । यस पटक ३० जना बेपत्ता भएका छन् । यसैगरि घाइतकोको सँख्यापनि अघिल्लो बर्ष ५ सय २२ जनाम थिए भने यस पटक ३ सय जना भएका थिए ।

प्राधिकरणको विवरणमा जनाइए अनुसार, यस पटकको मनसुनका वेला बाढीका २ सय ९२, पहिरोको ५ सय १३, भारी बर्षाको ३ सय ९७ र चट्याङका २ सय ५२ वटा बिपद्का घटना घटेका थिए ।

बाढीमा परेर ३ हजनार २ सय घर परिवार प्रभावित भएका थिए । जसमध्ये ३७ जनाको मृत्यु, २६ जना बेपत्ता र १४ जना घाइते भएका थिए । पहिरोबाट १ हजार ५ सय १८ घर परिवार प्रत्यक्ष प्रभावित भएका छन । भने पहिरोमा परेर ६७ जनाको मृत्यु, ४ जना बेपत्ता र ७७ जना घाइते भएका थिए ।

भारी बर्षाबाट ९ सय ६६ घर परिवार प्रभावित भएका थिए । जसमध्ये ७ जनाको मृत्यू र २० जना घाइते भएका थिए । प्राधिकरणका अनुसार, चट्याङबाट ३ सय ११ घर परिवार प्रभावित भएका थिए । २९ जनाको मृत्यू र १ सय ८९ जना घाइते भएका थिए । यस पटकको मनसुन २०८२ जेठ १५ गते नेपाल प्रवेश गरेर गत असोज २४ गते बाहिरिएको थियो ।