June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

गौतम नेतृत्वको एकीकरण अभियान पार्टी खारेज

Advertisement

वामदेव गौतम नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पार्टी खारेज भएको छ । गौतमको निवेदनपछि निर्वाचन आयोगले उक्त पार्टी खारेज गरेको हो ।

Advertisement

नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि गौतमले पार्टी खारेजको निवेदन आयोगमा दिएका थिए ।

आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको पनि जानकारी दिएको छ । यससँगै आयोगमा दर्ता भएका कुल दलको सङ्ख्या १२५ कायम भएको छ ।