निर्वाचनमार्फत् देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गगर्न जेनजीलाई भट्टराईको सुझाव


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युगान्तकारी र वलिदानीपूर्ण आन्दोलन पछि अब जेनजी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नु उपयुक्त हुने सुझाव दिएका छन् । त्यसनिम्ति मतदाता सूचीमा वेलैमा नाम दर्ता गर्न उनले सुझाएका छन् ।
‘देश-विदेशमा रहनु भएका सबैले नियम अनुसार समयमै नाम दर्ता गर्न सबैलाई हार्दिक आग्रह गर्दछु। नत्र नेपाली राजनीतिमा उही पुरानै चक्र दोहोरिने र युवाहरूले पछुताउनुपर्ने स्थिति आउन सक्छ’, उनले भनेका छन् ।
सरकारले र निर्वाचन आयोगले उपयुक्त र सम्भव बाटो अवलम्बन गरेर नागरिकता प्राप्त गर्ने र भोट हाल्ने उमेर एउटै अर्थात् १६ वर्ष गर्नु राम्रो र सहज हुने पनि उनले बताएका छन् । निर्वाचनमा उम्मेदवार बन्ने उमेर हद २५ वर्षबाट घटाएर १८ वा २१ वर्ष कायम गर्न आवश्यक रहेको डा. भट्टराईले बताए ।
अन्यथा पछिल्लो आन्दोलनका अगुवा जेनजी युवाहरूलाई आसन्न निर्वाचन ‘जसको विहा उसैलाई नजिक नल्या’ भन्ने लोकोक्ति जस्तो हुने भट्टराईले बताए ।








प्रतिकृया दिनुहोस्