July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

बालगृहमा ट्राफिक प्रहरीद्वारा सचेतना र आर्थिक सहयोग

Advertisement

भैरहवा– जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले भैरहवाको लुम्बिनी रोडमा रहेको सिद्धार्थ बालगृहमा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । यस्तै, त्यहाँ रहेका बालबालिकाहरुलाई एकछाक भोजन बरावरको आर्थिक सहयोग समेत प्रदान गरेको छ ।

Advertisement

सोमवार बालगृहमा आश्रय लिएका बालबालिकाहरुलाई ट्राफिक सचेतनाको ज्ञान प्रदान गर्न पुगेको ट्राफिक प्रहरीले एकछाक भोजन बराबरको आर्थिक सहयोग उपलव्ध गराएको बालगृहले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख रन्जु केसीले अनाथलयमा बस्ने अनाथ बालबालिका तथा सवैलाई ट्राफिक सचेतनाका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत त्यहाँ बस्ने बालबालिका लागि एकछाक भोजन बराबरको आर्थिक सहयोग उपलव्ध गराएको जनाइन् ।

उनले सचेतना कार्यक्रमका लागि त्यहाँ जाँदा आर्थिक अवस्था कमजोर देखेपछि आफ्नो तलवबाट केही रकम सहयोग गरेको जानाकारी दिइन् । बालगृहमा बस्नेहरुका लागि सडक प्रयोग गर्ने ज्ञान बोकेर पुगेको ट्राफिक प्रहरीले भोजनदान समेत प्रदान गर्दा आफूहरुलाई राज्य नै उपस्थित भएको अनुभूति भएको बालगृह संचालक कृष्णमाया गुरुङले बताइन् ।

सधै सडकमा उभिएर ट्राफिक प्रहरीले सहयोगको कोशेली बोकेर पुग्दा सवैमा प्रहरीप्रति सम्मान बढेको अनाथलयका बालबालिकाहरुले बताएका छन् । हाल यो बालगृहका १७ जना बालबालिका आश्रित छन् ।