July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

कुलमानले बालेनको समर्थनमा पार्टी दर्ता गर्ने

Advertisement

कुलमान घिसिङको नेतृत्वमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसहितले दल दर्ता गर्ने भएका छन्। हालै भएको सहमति अनुसार घिसिङ अध्यक्ष रहेर निर्वाचन आयोगमा दल दर्ताका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेका हुन्।

Advertisement

सम्बद्ध स्रोतका अनुसार रास्वपा छाडेकी सुमना श्रेष्ठ,  सुधन गुरुङसहित कुलमानको पार्टीमा अटाउने भएका छन्।

हाल सहरी विकास मन्त्री समेत रहेका घिसिङलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर आउँदो फागुन २१ गतेका लागि घोषित चुनावमा जाने समझदारी भएको हो। पार्टीको नाम र चुनाव चिन्हबारे केही खुलाइएको छैन। अध्यक्ष प्रणालीका रूपमा अघि बढ्ने पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति हुने छ।

स्रोतका अनुसार बालेन आफैँ भने प्रतिनिधि सभा चुनावको उम्मेदवार हुने छैनन्। उनी अहिले मेयरकै रुपमा रहने समझदारी बनेको छ।

राष्ट्रपतिदेखि नै सुमना श्रेष्ठले वैकल्पिक पार्टीहरूलाई मिलाएर चुनावमा जाने विषयमा छलफल तीव्र पारेकी थिइन्।

प्रधानमन्त्री सुशिला कार्कीको प्रमुख सल्लाहकार भएर काम गर्न गरिएको प्रस्ताव समेत उनले अस्वीकार गर्दै पार्टी निर्माण गर्ने प्रयासमा जुटेकी थिइन्।

यो पार्टीलाई जेनजीको पार्टीका रुपमा प्रस्तुत गर्ने योजना छ।