July 26, 2026, Sunday
२०८३ श्रावण १० आईतवार

परासीबाट फरार २ सय ५ कैदीबन्दी अझै फर्केनन्

Advertisement

परासी– जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार पश्चिम नवलपरासीबाट फरार रहेका ५ सय ४६ कैदीबन्दी मध्ये २ सय ५ जना अझै सम्पर्कमा आएका छैनन् । फरार २ सय ५ जना कैदीबन्दी मध्ये ३८ जना भारतीय नागरिक रहेको जिल्ला कारागारका नायब सुब्बा किरण अर्यालले बताए ।

Advertisement

‘२२ जना अदालतको फैसला अनुसार विभिन्न अपराधमा कैद सजाय भोग्दै गरेका व्यक्ति थिए,’ उनले भने । पूर्वी नवलपरासीमा कारागार नभएका कारण यहाँका धेरै बन्दीलाई समेत पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको यसै कारागारमा राख्ने गरिएको छ ।

१ सय ७५ जनाको क्षमता रहेको कारागारमा ५ सय ७५ जना कैदी बन्दी थिए । देशभरको कारागार तोडफोडको हल्ला फैलिएपछि यहाँका कैदी बन्दी पनि निस्केर भागेका हुन् । त्यतिखेर २९ जना भने नभागी कारागारमै बसेका थिए ।