July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

नियमित महाधिवेशनकै पक्षमा दबाब बढाऔंः कोइराला

Advertisement

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि नियमित महाधिवेशनकै पक्षमा दबाब बढाउन आग्रह गरेका छन् ।

Advertisement

नेता कोइरालाले विशालनगरस्थित सम्पर्क कार्यालयमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग शुक्रबार बिहान छलफल गरी समाधान दिनेगरी तयारी गर्न आग्रह गरेका हुन् ।

महामन्त्री विश्वप्रकाश शर्माले अघि सारेको चौथो विकल्पलाई पहिलो र एक मात्र विकल्प बनाउँदै अघि जानु पर्ने भन्दै कार्यतालिकासहित मिति तोक्ने गरी सामूहिक आवाज उठाउन उनले आग्रह गरेका हुन् ।