July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

शोकमा भैरहवा बहुमुखी क्याम्पस बन्द

Advertisement

भैरहवा–भैरहवा बहुमुखी क्याम्पसमा कार्यरत एक कर्मचारीको निधन भएपछि शोक व्यक्त गर्दै बुधवार क्याम्पस बन्द गरिएको छ ।

Advertisement

क्याम्पसको पुस्तकालय सहायक तथा परीक्षा शाखामा कार्यरत श्रीमती सुसिला पोख्रेलको असामयिक निधन भएपछि बुधवार क्याम्पसमा श्रद्धाञ्जली कार्यक्रम गर्दै शोकमा क्याम्पस बन्द गरिएको साहायक क्याम्पस प्रमुख इन्द्र थापाले जनाए ।

अर्घाखाँचीकी स्थायी बासिन्दा तथा भैरहवा बहुमुखी क्याम्पसमा लामो समयदेखि सेवामा रहेकी पोख्रेलको ४९ वर्षको उमेरमा गत बिहीवार निधन भएको थियो । पोख्रेलको निधनले शिक्षण क्षेत्रमा एक समर्पित, इमान्दार र मृदुभाषी कर्मचारी गुमाएको भैरहवा बहुमुखी क्याम्पसका प्रमुख प्रमुख लक्की जोशी श्रद्धाञ्जली कार्यक्रममा बताए ।