July 29, 2026, Wednesday
२०८३ श्रावण १३ बुधबार

नयाँ १५ दल दर्ताको निवेदन, अध्ययन गर्दै निर्वाचन आयोग

Advertisement

निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका निम्ति निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ ।

Advertisement

आउँदो फागुन २१ गते हुने गरी प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरिनुअघि १० दल दर्ताका निम्ति निवेदन दिइएको थियो । निर्वाचन घोषणापछि पाँच दल दर्ताका निम्ति निवेदन दिइएको र तिनका कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ ।

सामान्यतः आयोगमा दल दर्ताका निम्ति जहिले पनि निवेदन दिन सकिन्छ । तर, ‘जेनजी’ आन्दोलनपश्चात् नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा गरिएको परिवेशमा युवापुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ ।

प्रक्रिया पुग्नेको आवेदन स्वीकृत हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।