July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

तिहार अवधीभर सामान्यतया मौसम सफा रहने

Advertisement

भैरहवा–नेपालीको पहिलो ठूलो पर्व दशैंका वेला टिकाको भोलीपल्ट रातीदेखि कतिपय जिल्लामा भारी बर्षा सुरु भयो । दुई दिनपछि बिशेषगरि मधेश, बागमती, कोशी प्रदेश अबिरल बर्षाबाट बढि प्रभावित भए । जनधनको ठूलो क्षती भयो ।

Advertisement

अबिरल बर्षाबाट हुन सक्ने जनधन क्षतीको जोखिम कम गर्न जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाले अधिराज्यभरी यस वारेमा सर्तकता अपनाउन आग्रह गर्यो । बाढी र पहिरोले सडक अवरुद्ध हुन थालेपछि पुर्व सतकर्ता अपनाउदै अधिराज्यभर यातायात सेवा बन्द भए । जसका कारण दशैं मनाउन आफन्त तथा नातेदारकोमा जानदेखि लाखौं नेपाली बञ्चित भए ।

कोही घरबाट निस्किन सकेनन् । कोही घर पुग्न सकेनन् । बिचमैं रोकिए । दशैं मनाउने बाहेक बैदेशिक रोजगारी, भ्रमण, औषधी उपचार, अध्ययन लगायत जरुरी कामले बाहिर निस्किएपनि यातायात अवरुघ भएकाले बिच बाटोमैं रोकिए ।

दशैं सकिएको तिन साता पछि दोश्रो ठूलो पर्व तिहार आउदै छ । त्यसो त दिपावली पर्व सुरु भैसक्यो । तिहारमापनि कतै दशैंको वेलामा जस्तै पानी पर्ने त होइन ? भन्ने आशंका धेरैमा छ । तिहार मनाउन जाने क्रममा दशैंमा जस्तै बिचमैं रोकिनु पर्ने हो की ? भन्ने त्रास धेरैमा छ । बिगत दुई–तीन दिनदेखि बिहान र साँझ पख आकाशमा लाग्ने गरेको बादलले झन् भय र त्रास थप्ने गरेको छ ।

जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाले भने तिहारको वेला एकदुई स्थानमा छिटपुट र हल्का बर्षा बाहेक सामान्यतया मौसम सफा रहने जनाएको छ । विभागले कात्तिक १ देखि ६ गतेसम्मको तिहार बिशेष मौसम बुलेटिन जारी गर्दै मौसम बिभागले पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भूभागमा आंशकिदेखी साधारण बदली हुने र पहाडी र उच्च हिमाली एकाध स्थानमामात्र हल्का बर्षा तथा मिपातको संभावना रहेको जनाएको छ ।

मौसम बिबरण अनुसार, लक्ष्मीपूजाका दिन देशका पहाडी भूभागमा आंशीक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

कात्तीक ४ र ५ गते देशका पहाडी भूभागमा आंशीक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ ।
६ गते भाइटीकाको दिन कोशी र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा आंशकिदेखी साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।