July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

गुटका दुकान बन्द गर्दै अब विचारका दुकान खोल्नुपर्छः नेता भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अब गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले विगतका मापदण्ड बदल्दै महाधिवेशनमा जानु पर्नेमा समेत जोड दिएका छन् ।

कवितात्मक शैलीमा उनले लेखेका छन्-
अब महाधिवेशनमा जानु पर्दछ,
विगतका मापदण्ड बदल्नु पर्दछ।
गुटका दुकान बन्द गर्दै ,
विचारका दुकान खोल्नु पर्दछ !
नाटक अब चल्दैन ।
नेतृत्व कसिमा उत्रनु पर्दछ।
अब !!!
अलमल गर्नु हुँदैन,
खरानी हात परेको छ ,
सफा अब गर्नै पर्दछ !
जय नेपाल !!!

Advertisement