July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

रूपन्देहीमा श्रम संस्कृति पार्टी गठन, अध्यक्षमा पुलामीमगर

Advertisement

भैरहवा– श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार गरेको छ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको पार्टीको रुपन्देहीमा संगठन विस्तार गरिएको हो ।

Advertisement

पार्टीको रुपन्देही अध्यक्ष सुशीला पुलामीमगर चयन भएकी छन् । समितिको उपाध्यक्षमा केशव न्यौपाने, सचिवमा सुगम राई, कोषाध्यक्ष शिशिर घर्तीमगर र सहसचिवमा विमला कुँवर चयन भएका छन् ।

यस्तै, उक्त पार्टीको बुटवल उपमहानगर समिति पनि चयन भएको छ । उपमहानगर अध्यक्षमा जेनजी पुस्ताबाट विजय विश्वकर्मा चयन भएको पार्टीले जनाएको छ । उपाध्यक्षमा बाघबहादुर बुढा, सचिवमा सुजन कुँवर, कोषाध्यक्षमा विराज श्रेष्ठ र सहसचिवमा शैलेन्द्र सुनार चयन भएका छन् ।

जिल्ला र नगर समितिमा बाँकी पदपूर्ति आवश्यकता अनुसार पछि गरिने जनाइएको छ । जिल्ला र नगर कार्यसमिति घोषणा सभापछि उनीहरुले बुटवल उपमहानगरपालिका ९ स्थित बसपार्क बाहिर सार्वजनिक स्थलमा सरसफाइ गरेका छन् । हर्क साम्पाङले घोषणा गरेको यो पार्टी निर्वाचन आयोगमा दर्ताकै प्रक्रियामा छ ।