July 27, 2026, Monday
२०८३ श्रावण ११ सोमबार

भैरव युवा क्लब पक्लिहवाद्वारा रक्तदान, ३६ युनिट रक्त संकलन

Advertisement

भैरहवा– भैरव युवा क्लब, नयाँ गाउँ, रानी गाउँ पक्लिहवाद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा भएको रक्तदानमा ३६ युनिट रक्त संकलन भएको छ ।

Advertisement

क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत रत्तदान गरेको जनाएको छ । क्लबका अध्यक्ष यामबहादुर थापाको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीका उपसभापति तथा रक्तसञ्चार सेवा समिति, रुपन्देहीका संयोजकसुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा रक्तदान भएको हो ।

कार्यक्रममा बोल्दै गुरुङ्गले क्लबले स्थापनाको छोटो समयमा विभिन्न खेलकुद, सामाजिक, सांस्कृतिक तथा धार्मिक क्रियाकलापका अतिरिक्त रक्तदान जस्तो पवित्र कार्य गरेर रगतको अभाव हुन नदिई विरामीको ज्यान जोगाउन महत्वपूर्ण कार्य गरेको जनाए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाका सभापति राकेश गुरुङ्ग, आमा समाजका अध्यक्ष तथा जनप्रतिनिधि हरिमाया गुरुङ्ग, सिनपा–१३ का वडाध्यक्ष सोमबहादुर गुरुङ्ग, बहिरा बाल विद्यालयका प्राचार्य भिमबहादुर थापा, गाउँ समाजका सचिव नन्दबहादुर राना, समाजसेवी तेजेन्द्र गुरुङ्ग, मोहनसिंह शाही, जितेन्द्र गुरुङ्ग, श्याम गुरुङ्ग, श्रद्धा गुरुङ्ग, रक्त सञ्चार केन्द्र भैरहवाका शान्ता कुँवर लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा रन्जना गुरुङ्गकोे स्वागत तथा क्लबका सचिव सुकबहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।