July 27, 2026, Monday
२०८३ श्रावण ११ सोमबार

शिक्षामन्त्री पुनले जेनजी पुस्तालाई भने- गुटबन्दी र खुट्टा तानातान नगरौं

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गुटबन्दी र खुट्टा तानातान नगर्न जेनजी पुस्तालाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले गुटबन्दी र खुट्टा तानातानले अझ धेरै नोक्सान हुने दृष्टान्त पेस गरेका छन् ।

Advertisement

नेपालमा विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तन र सो क्रममा उत्पन्न भएको समस्या केलाउँदै उनले इतिहासबाट पाठ सिक्ने आग्रह गरेका हुन् ।

इतिहास हेरेर जेनजीहरुले पाठ सिक्न अनुरोध छ। तपाईँहरू भनेको एउटा निश्चित उमेरको युवाहरूको समूह हो । तपाईँहरूको राजनीतिक सङ्गठन छैन। तपाईँहरूले देशमा सुशासन ल्याउन चाहनुहुन्छ र भ्रष्टाचार निर्मूल पार्न चाहनु हुन्छ। अनि तपाईँहरूले नेपाललाई एउटा समृद्ध देश बनाउने सपना देख्नु भएको छ। यो सपना पुरा गर्नको लागि तपाईँहरूमा एकताको अत्यन्तै खाँचो देखेको छु। किन भने तपाइहरू बिचमा पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हाबी हुँदैछ, पुनले लेखेका छन् ।

मातृभूमिको अस्तित्वको लागि  नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहऱ्याउनु पनि उनले आग्रह गरेका छन् ।