July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

जब, हत्या गरिएका युवाको टाउको बोकेर दुई युवा प्रहरी कार्यालय पुगे …

Advertisement

भैरहवा– कैलालीमा आपसी विवाद हुँदा भएको झगडामा एकजनाको हत्या भएको छ । घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति पसलमा रक्सी खानेक्रममा भएको झगडामा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको हो ।

Advertisement

हत्या गर्नेमा घोडाघोडीकै १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्री रहेका प्रहरीले जनाएको छ ।

“पसलमा बसेर रक्सी खाएपछि सुरुमा गालीगलौज भएपछि यो घटना भएको पाइएको छ । विवाद बढ्दै गएपछि विक र क्षेत्रीले केशरसिंहलाई धारिलो हतियारले राति ११ः ४५ बजे घाँटी रेटेर हत्या गरेको खुलेको छ,” जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले भने ।

हत्या गरेपछि बिक र क्षेत्रीले केशरसिंहको टाउको लिएर आफन्तकोमा पुगेका थिए । आफन्तले लुकेर हुँदैन प्रहरीकोमा जानुपर्छ भनेपछि उनीहरू प्रहरीकोमा आएको डीएसपी सिंहले बताए ।

“उनीहरू हातमा टाउको बोकेर प्रहरी कार्यालयमा आउँदै गर्दा हामीले नियन्त्रणमा लिएका हौँ,” डीएसपी सिंहले भने, “पूर्वरिसिबी पनि केही देखिएको छैन । विक र क्षेत्रीको केशरसिंहसँग परिचय नभएको पाइएको छ ।”

पसलमा बसेर रक्सी खानेक्रममा एकले अर्कोलाई गाली गरेपछि विवाद सुरु भएको देखिएको उनले जानकारी दिए ।

“पहिला नै चिनजान नभएकाले घटना गालीगलौजको आवेशमा भएको जस्तो देखिन्छ,” उनले भने, “नियन्त्रणमा लिइसकेको प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।”