July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

कपिलवस्तुबाट भागेका १४१ कैदीबन्दी अझै आएनन् सम्पर्कमा

Advertisement

कपिलवस्तु– कपिलवस्तु कारागार तोडफोड गरी भागेका १ सय ४१ कैदीबन्दी अझै फरार छन् । उनीहरु अझै प्रहरीको सम्पर्कमा आउन सकेका छैनन् । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा कारगारा तोडफोड र आगजनी गरेर उनीहरु फरार भएका थिए ।

Advertisement

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भागेका ४ सय ३० कैदीबन्दीमध्ये १ सय ४१ जनालाई नियन्त्रण लिन बाँकी रहेको जानकारी दिए । उनले ती भागेका कैदीबन्दीहरुको खोजी कार्य भइरहेको बताए । ‘प्रहरी परिचालन गरेर खोजी भइरहेको छ’, उनले भने, ‘सम्पर्कमा आउन पनि हामीले अपिल गरेका छौं ।’

सरकारले भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन आह्वान गरिरहेको छ । यदि सम्पर्कमा नआए थप सजायँ हुने चेतावनी दिएको छ । मुलुकभरका कयौं कारागारबाट जेनजी आन्दोलनका क्रममा कैदीबन्दी भागेका थिए । भागेकामध्ये अझै ५ हजार बढी कैदीबन्दी प्रहरी र कारागार प्रशासनको सम्पर्कमा छैनन् । यसले सुरक्षा चुनौती थपिएको छ ।