काठमाडौंबाट फरार कैदी रूपन्देहीमा पक्राउ


भैरहवा– गत भदौं २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको प्रदर्शनपछि काठमाडौंको जगन्नाथ देवल कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका कैदी रुपन्देहीबाट पक्राउ परेका छन् । प्रदर्शनका क्रममा काठमाडौं लगायत जिल्लाका कारागार कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो ।
उक्त तोडफोड र आगजनीपछि धेरै कैदीबन्दी कारागारबाट बाहिरिएका थिए । अझैं मुलुकभर यसरी भागेका ६ हजार हाराहारी कैदीबन्दी कारागार बाहिरै रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।
जिल्ला प्रहरीका अनुसार भाग्दैं हिंडिरहेको अवस्थामा रुपन्देहीको गैडहवा गाउँपालिका–६ बस्ने ६५ वर्षीय पुणतबासी लोनियालाई नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय सूर्यपूराबाट खटिएको टोलीले गैडहवा–६, गुलरियाबाट लोनियालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी सूर्यपूराले लोनियालाई जिल्ला प्रहरीको जिम्मा लगाएको छ ।








प्रतिकृया दिनुहोस्