सोमबारदेखि सार्वजनिक सवारी साधनको ‘रुट परमिट’ खुला


भैरहवा– मुलुकभर सर्वसाधरणलाई आवतजावतमा सहज तुल्याउन सरकारले सोमबारबाट सार्वजनिक सवारी साधनको रुट परमिट खुला गरेको छ । असोज २२ गतेसम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको हो ।
यातायात व्यवस्था विभागका अनुसार गत मंगलबार बसेको सरोकारवालाको बैठकको निर्णय अनुसार आजदेखि रुट परमिट खुला गरिएको हो । कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने भएको छ ।
यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारी साधन ६ असोज घटस्थापनादेखि २० असोज पूर्णिमासम्म नारायणघाट–काठमाडौैं रुटमा चलाउन नपाउने गरी निर्णय भएको छ ।








प्रतिकृया दिनुहोस्